कृषि मन्त्री जोशीले जलशक्ति मन्त्रीसित गरे भेट

00-1-Rashtriya-Samachar-6
  • १०० करोड़का योजनाहरूलाई स्वीकृति दिने गरे आग्रह
  • २८ अगस्तमा रक्षाबन्धन समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित हुनेछन् केन्द्रीय जलशक्ति मन्त्री

नयाँ दिल्ली/देहरादून: उत्तराखण्डका कृषि एवं कृषक कल्याण मन्त्री गणेश जोशीले मंगलबार नयाँ दिल्लीमा केन्द्रीय जलशक्ति मन्त्रीसित उनकै आवासमा शिष्टाचार भेट गरे। यस भेटमा मन्त्री जोशीले टोंस नदीमा नमामि गंगे परियोजनाअन्तर्गत १०० करोड़ रुपियाँको योजनालाई स्वीकृति दिने अनुरोध गरे। टोंस (तमसा) नदीलाई यमुनाको सहायक नदीको रूपमा मानेर नमामि गंगे परियोजना अन्तर्गत लगभग १०० करोड़ रुपियाँको लागतमा निर्माण कार्य गर्नुछ।

देहरादून शहरको उत्तरी क्षेत्र, जसमा गढ़ी क्यान्टसहित अन्य क्षेत्रहरू सामेल छन्,- समस्त अवशिष्ट जल तथा मलमूत्र तमसा नदीमा पुग्छ। गढ़ी क्यान्ट क्षेत्रमा लगभग ८० करोड़ रुपियाँको लागतमा एसटीपी निर्माण र करिब २० करोड़ रुपियाँको लागतमा टपकेश्वरमा घाटहरूको सौन्दर्यीकरण कार्य गर्न आवश्यक भएको छ।

मन्त्री गणेश जोशीले केन्द्रीय मन्त्री गजेन्द्र शेखावतसित आग्रह गर्दै नमामि गंगे परियोजना अन्तर्गत यी योजनाहरूलाई स्वीकृति प्रदान माग गरे। केन्द्रीय मन्त्रीले पनि शीघ्र यस मामिलामा कारबाही गरिने भरोसा दिलाए। यस अतिरिक्त मन्त्री गणेश जोशीले केन्द्रीय मन्त्री गजेन्द्र शेखावतलाई २८ अगस्तको दिन मसूरीमा आयोजना भइरहेको रक्षाबन्धन कार्यक्रमको लागि उनलाई मुख्य अतिथिको रूपमा आमन्त्रित गरे। केन्द्रीय मन्त्रीले मसूरीमा हुने रक्षाबन्धन कार्यक्रमको लागि आफ्नो सहमति पनि प्रकट गरेका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement