बान्दा: बबेरू थाना क्षेत्रमा ११ वर्षीया बालिकालाई अपहरणपछि बलपूर्वक निकाह गरेको मामिला प्रकाशमा आएको छ। यस मामिलामा पुलिसले मौलवीसहित आठजनालाई पक्राउ गरेको छ। अपहरणपछि बालिकासित दुष्कर्म गरिएको आरोप लागेको छ। हरदौली गाउँकी बालिकाको ३० जूनमा अपहरण भएको थियो, जसको उजुरी बबेरू थानामा दायर गरिएको थियो। पुलिसले अपहृत बालिकालाई खोजीरहेको थियो। यसबीच सोमबार राति सिमौनी गाउँमा एक बालिकाको निकाह भइरहेको सूचना पाइयो। सूचना पाएपछि पुलिसले निकाहलाई रोक्यो। पुलिसले निकाह गराउने मौलवी, निकाह गर्ने युवकसहित आठजनालाई पक्राउ गऱ्यो।
अपर पुलिस अधीक्षक लक्ष्मी निवास मिश्रले मंगलबार बताएअनुसार, ग्राम सिमौनी निवासी अनवरको घरमा निकाहको कार्यक्रम भइऱहेको थियो। पुलिसले घटनास्थलमा पुगेर अपहृत बालिका, मौलवी मो. हसन उर्फ हारून, अपहरणकर्ता र निकाह गर्ने अभियुक्त साहिल उसको सहयोगी जान मोहम्मद, अब्दुल रसीद, रशीद अली, किसमतुल निशा, महोबा निवासी नफीस, शब्बीर उर्फ मुन्ना निवासी साडासानी, थाना कमासिनलाई पक्राउ गरेको छ। बालिकाको बयानको आधारमा आरोपितहरू विरूद्ध जघन्य धाराहरूमा मामिला दायर गरी थुनामा पार्ने कारबाही जारी छ। -हिस