- एम्सको इमरजेन्सी र सरकारी अस्पताल जलमय, रोगीहरूलाई समस्या
- गंगा सहित सबै नद-नदीहरूमा बाढ़, सड़कहरू पोखरीमा परिणत
- तटीय क्षेत्रहरूलाई खाली गराउनको लागि प्रशासनले दियो चेतावनी
ऋषिकेश: बितेको तीन दिनदेखिको भइरहेको मुसलधारे पानीले तिर्थनगरी ऋषिकेशमा ठूलो विनाश निम्ताएको छ। यसले गर्दा चन्द्रभागा नदीमा बाढ़ आएको छ भने गंगा नदी पनि खतराको निशानमा बगिरहेको छ। यस तीर्थनगरीमा गंगाले रौद्ररूप धारण गरेको कारणले एम्सको इमरजेन्सी सहित अन्य सरकारी अस्पतालहरू जलमय भएको छ जसले गर्दा रोगीहरूलाई समस्या भइरहेको छ।
गंगाका सहायक नदीहरू क्रमैले सौंग र सुसवा नदीको पनि जलस्तर बढ़ेकोले तटीय क्षेत्रहरूमा बाढ़को खतरा उत्पन्न भएको छ। यसलाई केन्द्र गरेर स्थानीय प्रशासनले नदी किनारमा बसोबास गर्ने सबै मानिसहरूलाई सुरक्षित स्थानमा जाने चेताउनी दिएको छ। बितेको तीन दिनदेखि नै सम्पूर्ण पहाड़ले जलविनाश झेलिरहेको छ। अत्यधिक वर्षाको कारणले चारधाम यात्राका श्रद्धालुहरूसहित काँवड़ मेलामा आएका शिवभक्तहरूको लागि पनि समस्या सृजना गरिरहेको छ।
ऋषिकेशका उपजिल्लाधिकारी सौरभ असवाल तथा खण्ड विकास अधिकारी चमन सिंहले बताए, वर्षाको कारणले ग्रामीण क्षेत्र पनि धेरै प्रभावित भएको छ, तर कुनै ज्यान-मालको क्षति भएको छैन। तथापि सबै क्षेत्रहरूमा पूर्ण तयारीको साथमा नजर राखिँदैछ। श्यामपुर क्षेत्रको बंगाला नालो नदीको जलस्तर पनि बढ़ेको छ। हिजो अबेर राति देहरादूनसहित पहाड़ी क्षेत्रमा भएको मुसलधारे वर्षाले सौंग र मोतीचूर सूखी नदीमा पनि बाढ़को स्थिति उत्पन्न भएको छ। धेरैवटा ठाउँमा सिँचाई विभागद्वारा हालैमा गराइएको अस्थायी बाढ़ सुरक्षा कार्य सबै बाढ़को शिकार भएको छ। पार्वतीय क्षेत्रमा बितेका दुई दिनदेखिको लगातार परिरहेको अत्यधिक पानीले गर्दा ऋषिकेशमा गंगाले रौद्र रूप धारण गरेकी छन्। -हिस