भोटाङमा काम गर्दै आईरहेको एकजना कामगारको शवको सुपुर्दगी

कालचिनी। विगत प्रायः डेढ़ बर्षदेखि छिमेकी राष्ट्र भोटाङको खरबन्दीमा बिजुली विभागमा काम गर्दै आईरहेको एकजना भारतीय नागरिक कोचबिहार पातलाखावा बासिन्दा आईनुल हक उमेर ३८ को बुधबार राती एउटा बिल्डिङबाट झरेर मृत्यु भएको थियो।
आज प्रायः १२ घन्टाको अन्तरालमा नै भोटाङ सरकारले उक्त शवलाई आफन्तजनलाई सूचना दिएर फुन्छोलिङ गेटबाट सम्मानको साथ सुपुर्दगी गरेको थियो।

आज उक्त शव लिन पुगेको मृतक आईनुल हकको मामा अमजद अलीले भोटाङ सरकारले १२ घन्टा भित्र नै परिवारलाई खबर दिएर शव सुम्पिएको र सम्पूर्ण मदत गरेको र अब शवलाई घरमा पुऱ्याएर अन्तिम संस्कार गरिने जनाएका छन्।
यता उक्त शव सुपुर्दगीमा साक्षी बनेको जयगाउँका तृणमूल नेता अब्दुल मनिक मीयाँले दुखद घटना घटेको यस मुहुर्तमा आफूहरु दुखित परिवारहरूको साथमा रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement