उत्तराखण्ड: ग्लेशियर फुटेपछि सीमावर्ती नीती घाटीलाई जोड़्ने पुल बगायो

00-1-Rashtriya-Samachar-5
  • एक दर्जनभन्दा अधिक गाउँहरूको अन्य भागसित सम्पर्क विच्छिन्न
  • बदरीनाथ हाइवेमा दुई ठाउँ पहाड़बाट ढुङ्गा-माटो र बोल्डर झरेर बाधित

गोपेश्वर: उत्तराखण्डको चमोली जिल्ला अधिनस्थ सीमावर्ती नीती घाटीलाई जोड़्ने पुल भत्किएको छ। मलारीदेखि अगाड़ि जुम्मा नजिक गए सोमवार अबेर साँझ ग्लेशियर फुटेको कारणले जुम्मा नदीमा व्यापक मात्रामा ढुङ्गा-माटो-बोल्डर आदि बग्न थालेको थियो। यही ढुङ्गा-माटो इत्यादि जुम्मा नदीमाथि निर्मित पुलमाथि फसेकोले चाप बढ़ेर सोमबर मध्यरातमा पुल पूर्णरूपले बगाएको छ। यसले गर्दा यहाँका १५ वटा गाउँको अन्य क्षेत्रसित सम्पर्क नै विच्छिन्न बन्न पुगेको छ। बदरीनाथ हाइवे पनि गुलाबकोटी र कञ्चनगंगा नजिक पैह्रोको कारणले बाधित भएको छ।

सीमान्त गाउँ कागा गरपकाका प्रधान पुष्कर सिंह राणाले बताएअनुसार गत सोमबार अबेर साँझ सीमावर्ती गाउँ मलारीको जुम्मा नदीदेखि माथिल्लो भागमा ग्लेशियर फाटेको कारणले नदीमा बाढ़को स्थिति उत्पन्न भएको थियो। नदीको पानीले व्यापक मात्रामा बगाएर ल्याएको ढुङ्गा-माटो-बोल्डर आदि जुम्मा नदीमाथि निर्मित बीआरओको पुलमाथि थुप्रिएपछि दबाब सृजना भएर राति नै पुल पूर्णरूपले वास आउट भयो। यसको पुष्टि जिल्ला सूचना कार्यालयले गरेको छ। ग्लेशियर फाटेकोले धौलीगंगाको जलस्तर पनि बढ़ेको थियो जसलाई मध्यनजर गर्दै नदी किनारमा बसोबास गर्दै आइरहेका मानिसहरूलाई अलर्ट गराइएको छ। तर ग्लेशियरको कारणले आएको बाढ़ले अहिलेसम्म कुनै प्रकारको ज्यानमालको नोक्सान भएको छैन।

जिल्ला सूचना कार्यालयले बतायो, राजस्व उपनिरीक्षक मलारीद्वारा दिइएको सूचनाअनुसार जुम्मा नदीमा निर्मित बीआरओको पुल वास आउट भएपछि सीमावर्ती गाउँहरू क्रमैले कागा लगा द्रोणागिरी, द्रोणागिरी, गरपक, लमतोली, जेलम, कोषा, मलारी, कैलाशपुर, महरगाउँ, गुरगुती, फरकिया, बांपा, गमशाली, नीती आदिको सम्पर्क नै विच्छिन्न भएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement