सीतारमणद्वारा लघु फिल्म ‘जीएसटी परिषद-एक यात्रातिर ५० कदम’ जारी

Nirmala-Sitharaman-Finance-Minister

नयाँ दिल्ली: वित्तमन्त्री निर्मला सीतारमणको अध्यक्षतामा वस्तु एवं सेवा कर (जीएसटी) परिषदको ५०औं बैठक शुरू भएको छ। नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित यस बैठकको शुरूआतमा सीतारमणले लघु फिल्म ‘जीएसटी परिषद-एक यात्रातिर ५० कदम’ नामक एक लघु फिल्म जारी गरिन्। वित्तमन्त्री कार्यालयले मंगलबार ट्वीट गरिन्, ‘अहिलेसम्म भएका ४९ बैठकमा जीएसटी परिषदले सहकारी संघवादको भावनाको साथ करिब १५ सय निर्णय लिएको छ। जीएसटी परिषदको ५०औं बैठक एक मालइखुट्टी हो, जसले सहकारी संघवादको सफलता र एक असल एवं सरल कर व्यवस्थाको स्थापनाको संकेत दिँदछl’

जीएसटी परिषदको ५०औं बैठकको अवसरमा निर्मला सीतारमणले एक विशेष कवर र अनुकूलित मायस्ट्याम्प पनि जारी गरिन्। वित्तमन्त्रीको अध्यक्षतामा भइऱहेको जीएसटी परिषदको बैठकमा वित्त राज्यमन्त्री पंकज चौधरी, राज्यहरू एवं केन्द्रशासित प्रदेशहरूका वित्त मन्त्री र वित्त मन्त्रालयका वरिष्ठ अधिकारी तथा दिल्ली सर्कलका मुख्य पोस्टमास्टर जनरल पनि उपस्थित थिए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement