जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगः युनाइटेड भूटिया बस्ती फूटबल क्लबको रोमाञ्चक जीत

photocollage_2023711171644858.jpg

११ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन फूटबल लीगमा युनाइटेड भूटिया बस्ती फूटबल क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा मंगलवार खेलिएको ग्रुप बी-को म्याचमा युनाइटेड भूटिया बस्ती फूटबल क्लबले ग्लेनबर्न युनाइटेड फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट बिगेन तामाङ र लोबेन तामाङले गोल गरे। यसरी ग्लेनबर्न युनाइटेडबाट सुरज राईले गोल गरे। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement