११ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा मंगोलियन स्पोर्टिंग क्लब र सेण्ट रोबर्ट्स हाई स्कूलबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा मंगलवार खेलिएको ग्रुप ए-को यस म्याचमा मंगोलियन स्पोर्टिंग क्लबबाट के.सी. तामाङ र ग्याल्छेन तामाङले गोल गरे। यसरी सेण्ट रोबर्ट्स हाई स्कूलबाट सुजल छेत्री र आकाश सुब्बाले गोल गरे। यस म्याचमा रेफरीको भूमिकामा छेडुप यल्मो रहेका थिए। यसरी सहायक रेफरीको भूमिकामा रेमण्ड तामाङ र जीवन छेत्री थिए। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।