कोलाहलमय अमरनाथ यात्राको मार्ग भयो सुनसान

00-1-Amarnath._858-3

आज अपरान्हसम्ममा वैकल्पिक मार्ग तयार हुने सम्भावना

रामवन (जम्मू): पवित्र अमरनाथ यात्रा मंगलबार पाँचौ दिन पनि शुरू हुन सकेन। भगवान शंकरका भक्तहरूको प्रतीक्षाको क्षण अझ बढ़्दै गइरहेको छ। आफ्नो घरबाट भोले बाबाको दर्शन गर्ने संकल्प लिएर हिँड़ेका भक्तहरू उनको दर्शन नगरी फर्किन तयार छैनन्। मझधारमा फसेका तिर्थ यात्रीहरूको लागि जम्मूदेखि उधमपुर, पटनीटप र रामबनका होटलहरू सहारा भइरहेका छन्। अधिकांश यात्रीहरूले अमरनाथ यात्रा मार्गमा स्थापित शिविरहरूमा शरण लिएका छन्।

मंगलबार बिहान रामवनका ती सड़कहरू सुनसान देखियो जहाँ यात्राकालमा लगातार कोलाहल हुन्थ्यो। विशेष बिहानी पख त झन् तीर्थ यात्रीहरू यहाँ बसेर चिया-खाजा खाने गर्दथे। किनभने रामवनदेखि बनिहालसम्मको यात्रा दुर्गम हुन्छ र मार्गमा त्यति सुविधा पनि उपलब्ध छैन। यात्रा स्थगित भएको कारणले रामबनका स्थानीय पसलेहरूको व्यवसाय पनि प्रभावित भएको छ। मौसमको मारसित हरेक व्यक्ति जुझिरहेका छन्। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) नयाँ वैकल्पिक सड़क निर्माण गर्नका लागि निरन्तर लागिपरेको छ। आज अपरान्हसम्ममा वैकल्पिक मार्ग तयार हुने सम्भावना व्यक्त गरिएको छ। कतिपय परीक्षणहरू गरिएपछि यसलाई यात्रीहरूको लागि खोलिदिने सम्भावना छ। रामवनदेखि लगभग एक किलोमीटर अगाड़ि जहाँको सड़क चिनाब नदीमा बगिसकेको छ, त्यहाँ एनएचएआईको टीम डेरा हालेर बसेको छ। लगातार बुलडोजर, क्रेन एवं रोड-रोलरको आवाज गुञ्जिरहेको छ। दिन-रात एक गरेर यात्रा गर्ने योग्यको मार्ग बनाउनु उनीहरूको प्राथमिकता भएको छ।

श्री अमरनाथ श्राइन बोर्डका अतिरिक्त मुख्य कार्यकारी अधिकारी राहुल सिंहले यात्रा मार्गको स्थितिलाई लिएर ‘हिन्दुस्थान समाचार’- सित बातचित गर्दै भने, ‘गत ८ जुलाईको दिन भीषण वर्षाको कारणले रामवनदेखि अगाड़ि धेरैवटा ठाउँमा पैह्रो गयो। चिनाब नदीमा पानीको प्रवाह तीव्र भयो। यी कारणहरूले गर्दा कतिपय ठाउँमा सड़क नजिकको भूमि कटाऊ गर्न पऱ्योl यस अवस्थामा यात्रा रोक्न बाहेक अन्य कुनै विकल्प थिएन। हामी तीर्थ यात्रीहरूको ज्यानलाई जोखिममा पार्न सक्दैनथ्यौं। यहाँसम्म कि पवित्र गुफामा भगवान भोलेनाथको दर्शन गरेर पहलगाम वा बालटाल फर्किसकेका यात्रीहरूलाई समेत त्यहीँ रोकेर राखिएको छ। हामी उनीहरूलाई पठाउन सकिरहेका छैनौं। हामी चाहन्छौं, जो जहाँ पनि सुरक्षित स्थानमा छन् उनीहरू त्यहीँ बसोस्। हामी सुरक्षित र सुगम यात्राको व्यवस्थामा लागिपरेका छौंl’ बोर्डले यात्रा पुनः आरम्भ गर्ने घोषणा गरेपछि मात्र नयाँ यात्रीहरूको पञ्जीकरण शुरू गर्ने आग्रहसमेत उनले गरे। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement