खरसाङ: खरसाङ खण्ड अन्तर्गत पर्ने सिटोङ ग्राम तीन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कब्जामा आएको छ। सिटोङ तीन ग्राम पञ्चायतमा रहेको जम्मा १५ वटा सिटहरूमा १४ वटा सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सजिलै जितेको छ। मतगणनाको समय एउटा सिटमा पनि बराबर मत आएपछि चिट्ठा प्रणालीमार्फत् भारतीय जनता पार्टीको प्रार्थी बिजय बनेको जानकारी प्राप्त भएको छ। सिटोङ तीन ग्राम पञ्चायतमा पहिलेबाटै तीनजना पञ्चायत सदस्यको प्रार्थीहरू निर्विरोध रहेका थिए। तीनजना निर्विरोध प्रार्थीहरूमा एलबी थापा, अञ्जु सुब्बा, तमु घले रहेका छन्। त्यसरी नै आज बिजय हाँसिल गर्नेहरूमा लाडुप लेप्चा, कलमान लिम्बु, निलम तामाङ, शशिकला राई, छत्रबहादुर खवास, रिना तामाङ लगायत अन्यहरू सामेल रहेका छन्। जीतप्रति सिटोङ तीन ग्राम पञ्चायतको बिजयी प्रार्थीहरूमा लाडुप लेप्चाले पत्रकारहरूसित कुराकानी गर्दै सिटोङ तीन ग्राम पञ्चायतको १५ वटामा १४ वटा सिटहरूमा जीत हाँसिल गरेको र यसको सम्पूर्ण श्रेय पार्टी अध्यक्ष अनित थापा अनि जनतालाई दिएका छन्। उनले सिटोङ तीन ग्राम पञ्चायत क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले धेरै काम गरेको कारणले पञ्चायत चुनावमा जीत हाँसिल गरेको जानकारी गराएका छन्।