जलपाइगढी: मैयनागढी विधानसभाको मतगणना केन्द्र मैयनागढी हाईस्कूल मैदानमा मतगणना भइरहेको छ। पहिलो राउण्ड सकिनुअघि नै कार्यकर्ता समर्थकहरू खुसी भएका थिए। त्यहाँ पहिलो चरणमा ८ ग्राम पञ्चायतको मतगणना शुरु भएको छ। त्यहाँका अधिकांश क्षेत्रमा तृणमूल कांग्रेसले अग्रता लिएको खबर फैलिएपछि मैयनागढीमा विजय उत्सव शुरु भयो। मतगणना सकिनुअघि नै मैयनागढी फुटबल मैदानमा कार्यकर्ता र समर्थकले हरियो अबीर लगाएर बधाई दिन थाले। यद्यपी अहिलेसम्म आधिकारिक घोषणा भने भएको छैन।