१६८औँ हुल दिवसको उपलक्ष्यमा सन्थालहरूद्वारा ऱ्याली

कालचिनी। सन्थाल विद्रोहको स्मृति एवम् सिद्धु कान्होको बलिदानलाई सम्झन्दै आज १६८औँ हुल दिवसको उपलक्ष्यमा माझी परगाना वेलफेयर सोसाइटीको आयोजनामा हेमिल्टनगञ्ज विश्वनाथपाड़ादेखि कालचिनी बीडीओ कार्यालयसम्म सन्थालहरूले जातिय औजार र भोषभुषामा सज्जिएर एउटा ऱ्याली निकालेको थियो।
उक्त ऱ्याली कालचिनी बीडीओ कार्यालयमा आएपछि सन्थाल भाषाको स्कूलहरूमा पठन पाठन शीघ्र चालू गरिनु पर्ने र स्कूल कलेज र विश्वविद्यालयहरुमा सन्थाली भाषा विभागको स्थापना र सन्थाली भाषालाई राज्यको दोस्रो राज्य भाषाको मान्यता दिए अनुरुप कार्यान्वयनमा ल्याउनु पर्ने एवम् सन्थाली विकास बोर्डको शीघ्र गठन गरिनु पर्ने आदि दाबीहरू लिएर प्रदर्शन गरिएको थियो।
उपरोक्त दाबीहरू लिएर माझी परगाना वेलफेयर सोसाइटीको पक्षबाट कालचिनी बीडीओ समक्ष ज्ञापन पनि सुम्पिएको माझी परगाना वेलफेयर सोसाइटीको कालचिनी ब्लक सचिव गोबिन्दा मराण्डीले जनाएका छन्।
सन्थालीहरूको दार्घ लम्बित दाबीहरू फेरि आज दोहोऱ्याएर कालचिनी बीडीओ समक्ष सुम्पिएको र बीडीओद्वारा सकारात्मक आश्वासन पनि दिएको र बीडीओ कार्यालयबाट सन्थाली ऱ्यालीमा स्वयं कालचिनी बीडीओ पनि सहभागी बनेको माझी परगाना वेलफेयर सोसाइटीको सचिव गोबिन्दा मराण्डीले थप जनाएका छन्।
साँझ हेमिल्टनगञ्ज विश्वनाथपाड़ामा सन्थाली सांस्कृतिक औ रंगारंग कार्यक्रमको पनि आयोजना गरिएको माझी परगाना वेलफेयर सोसाइटीको सदस्यहरूले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement