सन्त मेरिज ग्राम पञ्चायत एकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा बोर्ड गठन

IMG-20230711-WA0230.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत एकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गरेको छ। सन्त मेरिज ग्राम पञ्चायत एकमा रहेको जम्मा १० वटा सिटहरूमा ८ वटामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीत हाँसिल गरेको छ। सन्त मेरिज ग्राम पञ्चायतमा कनिषा तामाङ, राखी तामाङ, रेणुका राई, पासाङ डोमा शेर्पा, रोशनहाङ सुब्बा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समर्थनमा निर्दलीय प्रार्थी पुनम तामाङले पनि जीत हाँसिल गरेको जानकारी प्राप्त भएको छ। यस ग्राम पञ्चायतमा दुईवटा सीट पहिलेबाटै निर्विरोध रहेको थियो।

पहिलेबाटै निर्विरोध रहेका प्रार्थीहरू क्रमैले अर्पणा दियाली, फुर्बा डोमा शेर्पा रहेका छन्। यस ग्राम पञ्चायतको सिटहरूमा ८ वटा सिटहरूमा जितेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गर्ने पक्का पक्की भएको छ।

यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सन्त मेरिज ग्राम पञ्चायत एकका प्रार्थीहरू कनिषा तामाङ, पासाङ डोमा शेर्पा र रोशनहाङ सुब्बाले जीतको श्रेय पार्टी अध्यक्ष अनित थापा र भोट दिएर जिताउने सम्पूर्ण जनतालाई दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement