मालदा: पञ्चायत चुनावको मतगणना मालदा जिल्लाका १५ वटा ब्लकका विभिन्न मतगणना केन्द्रहरूमा मंगलबार सुरु भएको छ। जिल्लाका १४६ ग्राम पञ्चायतमा ३१८६ सिट छन्। जिल्ला परिषद्को ४३ र १५ पञ्चायत समितिमा ४३६ सिट छन्। प्रत्येक मतगणना केन्द्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाउन केन्द्रीय फौज तैनाथ गरिएको छ। मालदा जिल्लाका १५ ब्लकका सबै मतगणना केन्द्रमा बिहानैदेखि उम्मेदवारहरू आउन थालेका छन्।