भाजपाका काउन्टिङ एजेन्टहरूलाई मतदान केन्द्रमा प्रवेश गर्न नदिएको आरोप

00-1-Chhetriya-Samachar-3

अलीपुरद्वार: पंचायतचुनावको मतगणना शुरू हुनुअघि कालचीनीको काउन्टिङ सेन्टरमा तनाउ सिर्जना भयो। मंगलबार बिहानदेखि भाजपा समर्थकहरूले विभिन्न आरोपहरूलाई लिएर मतगणना केन्द्र अगाडि विरोध प्रदर्शन शुरू गरे। कालचीनी विधायक विशाल लामा पनि मतगणना केन्द्रमा पुगे। विधायक लामाले भाजपाका मतगणना एजेन्टहरूलाई मतगणना केन्द्रमा प्रवेश गर्न नदिएको आरोप लगाए। यसपछि, प्रशासनको हस्तक्षेपमा स्थिति नियन्त्रतमा आयो। तर, कालचीनीमा साढे दश बजेसम्म मतगणना शुरू भएको थिएन। तृणमूलले भाजपा विधायकमाथि मतगणना केन्द्रभित्र प्रवेश गरेर झगडा गर्ने प्रयास गरेको आरोप लगाएको छ। पुलिस र प्रशासनले उनलाई डीसीआरसीदेखि बाहिर निकालेको बताए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement