काठमाडौं: सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। मंगलबार बिहान काठमाडौं तर्फ उडेको हेलिकोप्टर सोलुखुम्बुको लामजुराबाट सम्पर्कविहीन भएको थियो। उक्त क्षेत्रमा नै हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको पुलिसले जनाएको छ। हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेकोमा हालसम्म ५ जनाको शव भेटिएको छ। एकजनाको अवस्था अझै थाहा हुनसकेको छैन।
नाइन एनए–एमभी कलसाइन रहेको हेलिकप्टर मंगलबार बिहान १० बजेर १० मिनेट जाँदा कठमाडौंको लागि उडेको थियो। यसमा पाँचजना मेक्सिकोका नागरिक थिए। पाइलट भने नेपाली थिए। ६ जनामध्ये ५ जनाको शव भेटिएको भए पनि उनीहरुको पहिचान भने खुल्न सकेको छैन। हेलिकप्टर सोलुखुम्बुको लामजुरा क्षेत्रभन्दा केही तल काँडे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको समाचार छ।