राजगञ्ज: राज्यका अन्य ठाउँहरूमा झैं यता राजगञ्ज ब्लकको महेन्द्रनाथ हाई स्कुल मतगणना जारी छ। राजगञ्ज ब्लकको १२ ग्राम पञ्चायतहरूमा मोठ पञ्चायत आसनको संख्या २६९ छ भने तीमध्ये ६ वटा आसनमा तृणमूल कङ्ग्रेस निर्विरोध जीत हासिल गरेको छ। हाल २६३ ग्राम पञ्चायत निर्वाचन क्षेत्रहरूको मतगणना भइरहेको छ। यसबाहेक ३६ वटा पञ्चायत समिति आसन र तीनवटा जिल्ला परिषद आसन छ। कठोर सुरक्षा व्यवस्थाबीच मतगणना जारी छ भने केन्द्रीय बल तथा सीसीटीभी क्यामाराको सहयोगमा नजरदारी गरिरहेको छ। चुनाउको परिणाम जान्नको लागि मानिसहरू उत्सुकताको साथमा बाहिर एकत्रित भएका छन्। कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर पुलिसले गश्ती लगाइरहेको छ।