कुचबिहारमा मतगणना अवधि ब्यालेट बक्समा पानी र मसी छड्केको तृणमूल प्रार्थीविरुद्ध आरोप

IMG-20230710-WA0166.jpg

कुचबिहार: पञ्चायत चुनाउको परिणामको दिन पनि कुचबिहार एकपल्ट फेरि चर्चामा छाएको छ। पानी र मसी छड्केर ब्यालेट बक्स खराब गरेको तृणमूल उम्मेद्वारविरुद्ध आरोप उठेको घटना कुचबिहार १ नम्बर ब्लक अन्तर्गत महाराजा नृपेन्द्र नारायण हाई स्कुलको मतगणना केन्द्रमा घटेको हो। प्राप्त जानकारी अनुसार कुचबिहार दक्षिण विधानसभाको ४ / ४१ नम्बर बुथमा मतगणना चलिरहेको थियो। मतगणनामा भाजपा अघि बढिरहेको थियो। त्यस समय तृणमूल महिला उम्मेद्वार रिङ्कु राय राजभर अचानक काउन्टिङ सेन्टरमा पसेर ब्यालेट बक्समा पानी र स्याही छर्किदिइन्। उक्त घटनाले गर्दा इलाकाको माहौल गर्मियो।यस घटनापछि स्थिति नियन्त्रणमा ल्याउनको लागि केन्द्रीय बल र पुलिस तैनाथ गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement