कड़ा सुरक्षाबीच खरसाङमा मतगणनाको कार्य जारी

IMG-20230711-WA0184.jpg

खरसाङ: खरसाङ खण्डको १४ वटा ग्राम पञ्चायतहरूमा रहेको बुथहरूको पञ्चायत चुनावको मतगणना कड़ा सुरक्षाबीच शुरु भएको छ। बिहान ८ बजेदेखि खरसाङको सन्त अल्फन्सेस विद्यालयमा कड़ा सुरक्षाबीच शिरु हुने भनिए पनि केही ढिलो गरी मतगणना शुरु भएको थियो। खरसाङको सन्त अल्फन्सेस विद्यालयमा रहेको मतगणना हलमा कड़ा सुरक्षा व्यवस्था गरिएको थियो। गेटबाहिर सड़कभरि नै केन्द्रीय वाहिनी तैनाथ गरिएको छ भने गेटभित्र पस्नलाई पनि कड़ा चेकिङ्ग गरेर मात्र भित्रपट्टि पस्न दिइएको छ।

हरेक ग्राम पञ्चायतको प्रार्थीहरूसित काउन्टिङ्ग एजेन्टलाई मात्र गेट भित्रपट्टि पस्न अनुमति दिइएको थियो। कड़ा सुरक्षा व्यवस्थाबीच मतगणना शुरु भएको छ। खरसाङ खण्डको १४ वटा ग्राम पञ्चायतहरूमध्ये महानदी ग्राम पञ्चायतबाट पञ्चायत सदस्यको मतगणना शुरु भएको थियो। महानदी ग्राम पञ्चायतबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी राजीव तामाङले २०७ भोट पाएर बिजय हाँसिल गरेका जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement