कोलकाता: पश्चिम बंगालमा पंचायत चुनावको मतगणना पनि हिंसा सृजना भएको समाचार छ। भारतीय जनता पार्टी (भाजपा)ले उसको काउन्टिङ एजेन्टहरूलाई धेरै ठाउॅंमा मतगणना केन्द्रभित्र प्रवेश गर्न नदिएको आरोप लगाएको छ। धेरै ठाउॅंहरूमा भाजपा एजेन्टहरूसॅंग कुटपिट गरिएको पनि आरोप लगाइएको छ। भाजपाको आरोप यस्तो छ, ‘डाइमन्ड हार्बरको फकीर चन्द कलेज छेउ भाजपाका काउन्टिङ एजेन्टसॅंग कुटपिट गरियो। पुलिसले तमाशा हेरिरह्यो। काउन्टिङ एजेन्टको आईडी कार्ड पनि खोसियो। डाइमन्ड हार्बरको विष्णुपुर एक नम्बर भाजपा काउन्टिङ एजेन्टसॅंग पनि कुटपिट भएको छ। उसलाई केन्द्रभित्र पस्न दिइएन। भाजपा समर्थक महिलाहरूसॅंग पनि कुटपिट गरिएको छ। उनीहरूको लुगा च्यातिदिएको छl’ स्थानीय भाजपा नेता गोपीनाथ सरदारले भने, ‘तृणमूल कांग्रेस समर्थकले हमला गरिरहेका छन्। पुलिसले उनीहरूलाई सहयोग गरिरहेको छ। मतगणना केन्द्रको २०० मिटरको दायरामा केन्द्रीय बलहरूको सुरक्षा छ। तर, उनीहरू केन्द्रीय बलहरूको सुरक्षा घेरा बाहिर एकत्रित भएर बसेका छन्l’ काटोयामा पनि भाजपाका काउन्टिङ एजेन्टलाई मतगणना केन्द्रभित्र प्रवेश गर्ने अनुमति दिइएन। यस विरूद्ध भाजपा कार्यकर्ताहरूले थानामा घेराउ गरेर विरोध प्रदर्शन गरेको छ। –हिस