विम्बल्डनः जोकोविचको साथमा स्वियातेक र मेदवेदेव क्वार्टर फाइनलमा

photocollage_2023711123940998.jpg

११ जुलाईः सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचले विम्बल्डन टेनिस च्याम्पियनशीपको क्वार्टर फाइलमा स्थान पक्का गरे। जोकविचले यस टुर्नामेण्टमा लगातार ३२औं जीतको साथ पोल्याण्डका ह्युबर्ट हुरकाजलाई पराजित गरे। गत सालका विजेता ३६ वर्षीय जोकोविचले चौथो राउण्डको म्याचमा हुरकाजलाई ७-६ (६), ७-६ (६), ५-४-ले पराजित गरे। रेकर्ड २३ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन जोकोविचले क्वार्टर फाइनलमा सातौं वरीयता प्राप्त रुसका आन्द्रे रुबलेवको चुनौती स्वीकार्नेछन्। जोकोविचले रोमाञ्चक जीत हासिल गरे पनि पाँचौं वरीयता प्राप्त ग्रीसका स्टेफानोस सितसिपास चाहिँ हारको सम्मुखीन भएन। उनलाई गैर वरीयता प्राप्त अमेरिकाका क्रिस्टोफर युब्यांक्सले उलटफेरको शिकार बनाए। युब्यांक्स पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको मुख्य ड्र-मा खेलिरहेका छन्। युब्यांक्सले सितसिपासलाई ३-६, ७-६ (४), ३-६, ६-४, ६-४-ले पराजित गरे।
विश्वका तेस्रो नम्बरका खेलाड़ी दानिल मेदवेदेवले चाहिँ अधिक मेहनत नगरी क्वार्टर फाइनलमा स्थान बनाए। उनको म्याच चेक रिपब्लिकका जिरी लेहेकासँग रहेको थियो। म्याचको अवधि चोट लाग्दा लेहेकाले खेल छोड़्नु पऱ्यो। खेल रोकिँदा मेदवेदेव ६-४, ६-२-ले अघि रहेका थिए। यसरी उनलाई वक्ओभर प्राप्त भयो। महिला एकलमा पनि कजाखस्तानकी एलिना रायबाकिनालाई वक्ओभर प्राप्त भयो। उनकी प्रतिद्वन्द्वी ब्राजीलका बीट्रिज हद्दाद माइया केवल पाँच गेमपछि चोटले गर्दा बाहिर भइन्। त्यस समय रायबाकिना ३-१-ले अघि रहेकी थिइन्। क्वार्टर फाइनलमा उनको सामना ट्यूनिशियाकी ओन्स जेब्यूरसँग हुनेछ।
विश्वकी नम्बर एक महिला खेलाड़ी पोल्याण्डकी इगा स्वियातेकले १४औं वरीयता प्राप्त बेलिण्डा बेनसिचलाई ६-७ (४), ७-६ (२), ६-३-ले पराजित गरी पहिलोपल्ट यस ग्रास कोर्ट ग्राण्ड स्ल्यामको क्वार्टर फाइनलमा प्रवेश गरिन्। अब उनको सामना वाइल्ड कार्डद्वारा प्रवेश पाउने युक्रेनकी एलिना स्वितोलिनासँग हुनेछ। स्वितोलिनाले बेलारुसकी अनुभवी भिक्टोरिया अजारेंकालाई २-६, ६-४, ७-६ (९)-ले पराजित गरिन्। स्वियातेकले यसअघि तीनपल्ट फ्रेञ्च ओपन अनि एकपल्ट यूएस ओपनको खिताब जिते पनि विम्बल्डनमा खिताब जित्न सकेकी छैनन्। यसरी नै महिला एकलमा अमेरिकाकी २५औं वरीयता प्राप्त मेडिसन कीजले रुसकी १६ वर्षीय क्वालीफायर मीरा आन्द्रिवाको स्वर्णिम अभियानमा विराम लगाइन्। कीजले २ घण्टा २ मिनटसम्म चलेको म्याचा ३-६, ७-६ (४), ६-२-ले जीत हासिल गरिन्। यसरी कीजले लगातार नवौं म्याचमा जीत हासिल गरिन्। एक हप्ता अघि उनले आफ्नो सातौं डब्ल्यूटीए ट्रफी जितेकी थिइन्। यसअघि उनी २०१५-मा विम्बल्डनको क्वार्टर फाइनलमा पुगेकी थिइन्। अब उनको सामना दोस्रो वरीयता प्राप्त आर्यना सबालेंकासँग हुनेछ। सबालेंकाले २१औं वरीयता प्राप्त एकटरीना अलेक्जेण्ड्रोवालाई ६-४, ६-०-ले पराजित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement