पश्चिम बंगालमा मतगणना शुरू हुने बित्तिकै केही मतदान केन्द्रहरूमा हिंसा

00-1-Rajya-Samachar-4

कोलकाता: पश्चिम बंगालको त्रिस्तरीय पंचायत चुनावको निम्ति आज बिहान आठ बजेदेखि कड़ा सुरक्षाबीच मतगणना शुरू भयो। निषेधाज्ञा लागू भए पनि मतगणना केन्द्रहरू बाहिर लट्ठी-डण्ठा चलेको सूचना अघि आएको छ। केही ठाउॅंहरूमा ईटा-ढुङ्गा प्रहार भएको समाचार छ।

बीरभूम र दक्षिण २४ परगना जिल्लामा मतगणना केन्द्र बाहिर सत्तारूढ़ तृणमूल कांग्रेसका कार्यकर्ताहरूले अन्य पार्टीका कार्यकर्ताहरूमाथि हमला गरेको आरोप छ। माकपाको आधिकारिक व्हाट्स एप ग्रुपमा जारी बयानमा भनिएको छ, ‘बीरभूम जिल्लामा मतगणना केन्द्र बाहिर उम्मेदवारहरूसॅंग जब पार्टी कार्यकर्ता पुगे, तृणमूल कार्यकर्ताहरूले घेरेर लट्ठी-डण्ठा र ईटा-ढुङ्गाले हमला गरे। पुलिसले देखेर पनि नजरअन्दाज गरिरहेको छl’ दक्षिण २४ परगनाको डाइमण्ड हार्बरमा पनि मतगणना केन्द्र बाहिर हिंसाको भिडियो अघि आएको छ। माकपाले पार्टी कार्यकर्ताहरूमाथि तृणमूल कांग्रेसका कार्यकर्ताहरूले हमला गरेको आरोप लगाएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement