सिटिजन एक्सन पार्टीको दरामदिनमा निर्वाचन क्षेत्रस्तरीय सभा सम्पन्न

IMG-20230710-WA0331.jpg

गान्तोक। सोरेङ जिल्ला अन्तर्गत दरामदिनमा आज सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमको निर्वाचन क्षेत्रस्तरीय एक सभा सम्पन्न भयो। सभामा पार्टी अध्यक्ष एलपी काफ्ले, प्रमुख समन्वयक गणेश राई, सांगठनिक अध्यक्ष डीबी चौहान, प्रशासनिक अध्यक्ष लाक्पा शेर्पा तथा पार्टीका अन्य पदाधिकारीहरू उपस्थित थिए।

प्रमुख समन्वयक गणेश राईले आफ्नो सम्बोधनमा दरामदिनको इतिहास समृद्ध रहेको बताउॅंदै दरामदिन पुर्खाहरूको पसिनाले भिजेको धरती हो भनी बताए। क्यापले सिक्किमलाई देशकै अब्बल राज्य बनाउने लक्ष्य लिएको छ भन्दै क्यापले प्रत्येक नागरिकको आर्थिक स्थितिमा सुधारको निम्ति राजनीति गरिरहेको छ भनी बताए।

उनले आफ्नो उद्देश्यबाट टाडिएको सरकारले आफुलाई बदनाम गर्न लाखौं रूपियॉं खर्च गरिरहेको आरोप लगाए। उनले क्यापको राजनीति कसैलाई झुक्याउने होइन भनी बताए। उनले सिक्किम पूंजीवादीहरूको हातमा परेको छ भन्दै क्याप सरकारमा पुग्ने बित्तिकै पूंजीवादलाई समाप्त गरेर जनताको सरकार बनाउने बताए।

क्याप अध्यक्ष काफ्लेले क्याप सुधारवादी सोच राख्ने सिक्किमेहरूको पार्टी रहेको बताए। उनले सिक्किम ऋणमा डूबिसकेको छ भन्दै क्याप व्यापक सुधारको दृष्टिकोणले खोलिएको पार्टी रहेको बताए। कार्यक्रममा सोरेङ लगायत पोकलोक कामराङ, दरामदिन, याङथाङ, रिन्चेन्पोङ, मानेबुङ-देन्त आदि निर्वाचन क्षेत्रहरूबाट युवाहरू क्यापमा सामेल भएको दाबी गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *