पोकलोक कामराङका जिल्ला पञ्चायत र ग्राम पञ्चायतहरूसॅंग मुख्यमन्त्रीले गरे समन्वय बैठक

IMG-20230710-WA0330.jpg

गान्तोक। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा आयोजित पोकलोक कामराङ निर्वाचन क्षेत्रका जिल्ला पञ्चायत र ग्राम पञ्चायतहरूसॅंग आयोजित समन्वय बैठकमा सहभागी बने।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले प्रशासन र ग्रामीण क्षेत्रहरूको विकासमा जिल्ला पञ्चायत र ग्राम पञ्चायतहरूको महत्वपूर्ण भूमिकामाथि बल दिॅंदै सबैलाई सक्रिय बनेर क्षेत्रलाई आदर्श निर्वाचन क्षेत्र बनाउन आह्वान गरे।

क्षेत्रमा प्रस्तावित परियोजनाहरूमाथि प्रकाश पार्दै मुख्यमन्त्रीले अल्पाइन विश्वविद्यालय, तरुणदीप राई आर्चेरी एकाडेमी र हर्बल चिकित्सा, आध्यात्मिक उपचार एवं ध्यान पर्यटन परिसर स्थापना गरिने जानकारी गराए। सरकारले विशेष रूपमा सुदूर क्षेत्रहरूको विकासलाई प्राथमिकता दिएर काम गरिरहेको पनि उनले बताए।

उनले निर्वाचन क्षेत्रमा राज्य सरकारका विभिन्न योजनाहरूका सम्भावित लाभार्थीहरूको चर्चा गर्दै वास्तविक लाभार्थीहरूको चयन गर्न सीएलसी र डब्ल्युएलसीहरूसॅंग समन्वय राखेर काम गर्न आह्वान गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *