१० जुलाईः कालेबुङको सप्तश्री ज्ञानपीठको अण्डर-१९ बोइज फूटबल टीमले सीआईएससीई रिजनल अण्डर-१९ फूटबल टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनायो। कलकत्ताको सेण्ट थोमस बोइज स्कूलमा जारी यस टुर्नामेण्टमा सप्तश्री ज्ञानपीठको टीमले सोमवार दुईवटा म्याच जित्यो। बबलू गुप्ताको प्रशिक्षणमा रहने सप्तश्री ज्ञानपीठले डन बस्को लिलुआहलाई १-०-ले (गोल स्कोरर छोग्याल तामाङ) अनि ला मार्टिनर्स बोइज स्कूललाई ३-१-ले (गोल स्कोरर छोग्याल तामाङ, सांगे तामाङ, टाशी डी. तामाङ) पराजित गऱ्यो। सप्तश्री ज्ञानपीठको टीमले मंगलवार क्वार्टर फाइनलमा चुनौती पेश गर्नेछ।