एफसी बागडुग्रा विजयी

photocollage_2023710233028127.jpg

१० जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा फूटबल क्लब बागडुग्राले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सोमवार चेंगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा एफसी बागडुग्राले फुलबारीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट ध्रुवले ३८औं र ४८औं मिनटमा २ गोल गरे। यसबाहेक पुजनले तेस्रो मिनटमा एक गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement