काठमाडौं: नेपालमा संसदको गतिरोध अन्त भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टिकरण दिएपछि संसदको गतिरोध अन्त भएको हो। प्रचण्डले आफ्नो अभिव्यक्तिको भाषा प्रधानमन्त्रीको जस्तो नभएको बोध गरेको स्वीकार गरे। उनले भविष्यमा यसप्रति सतर्क हुने बताए। प्रचण्डले गत हप्ता भारतीय व्यवसायी प्रीतम सिंहसम्बन्धी पुस्तक विमोचनमा विवादास्पद अभिव्यक्ति दिएका थिए। प्रीतम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको र भारत आउने जाने गरेको बताएका थिए। यसलाई लिएर विपक्षी एमाले राजीनामा माग्दै ५ जुलाईदेखि संसद चल्न दिएको थिएन।
एमालेले प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री नै भारतले बनाएको भन्ने सन्देश प्रवाह भएकोमा आपत्ती जनाएको थियो। संसद सुचारु गर्न प्रचण्डले हिजो र आज विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए। त्यसपछि उनले आज सदनमा स्पष्टिकरण दिए। प्रचण्डले विपक्षीले माग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारे उनले दुई पटक प्रधानमन्त्री हुँदा नैतिकता देखाएर राजीनामा दिएको स्मरण गराए। नेपालमा दलहरुप्रति जनताले विश्वसनीयता गुमाउँदै गएको यथार्थ मनन गर्न पनि आग्रह गरे। आफू प्रधानमन्त्री भएपछि सुशासनका लागि काम गरेर आशा जागेको दाबी गरे।