जीटीए चुनावमा जीत्ने खरसाङका प्रार्थीहरूलाई आज प्रमाण पत्र वितरण

खरसाङ: जीटीए चुनावको परिणाम हिज २९ जूनको दिन भएको थियो। हिज खरसाङको सन्त अल्फन्सेस विद्यालयमा खरसाङ महकुमा अन्तर्गत पर्ने १५ वटा समष्टीहरूको परिणाम हिज घोषणा गरिएको थियो। उक्त परिणाम घोषणापछि हिज समय नभएकोले सबै बिजय प्रार्थीहरूलाई आज प्रमाण पत्र वितरण गरिएको छ। बिजय बनेका सबै प्रार्थीहरूलाई आज खरसाङको सन्त जोसेफ स्कूलमा रिटर्निङ अफिसर अर्थात् खरसाङ महकुमा शासक आईएएस एजाज अहमदको बाहुलीबाट आधिकारिक रूपमा वितरण गरिएको छ। खरसाङ क्षेत्रका सबै बिजय बनेकाहरूले प्रमाण पत्र खरसाङको सन्त अल्फन्सेस विद्यालयबाट नै प्राप्त गरेका छन्। यसमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ११ जना, हिल तृणमूल कंग्रेसको ३ जना र हाम्रो पार्टीको १ जना सामेल छन् भनी सूचना अनि सांस्कृतिक विभागबाट जानकारी प्राप्त भएको छ। हिज बनेका सबैजना जीटीए सभाको सभासद बनेका छन्। उल्लेखनीय छ हिज भएको जीटीए चुनावको परिणाम अनुसार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले स्पष्ट रूपमा बहुमत प्राप्त गरेको छ। यस अन्तर्गत खरसाङ क्षेत्रमा मात्रै भागोप्रमोले ११ सिटहरूमा जीत हाँसिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement