गान्तोक: लायन्स इन्टरनेशनल ३२२ एफ़ अन्तर्गत सिक्किमका दुई शाखा गान्तोक ग्रीन र गान्तोक हिल्सको वर्ष २०२३-२४ को निम्ति गठित नया कार्यकारणी समितिको शपथग्रहण समारोह राजधानी गान्तोकको एक होटलमा आयोजित गरियो| दीपक अग्रवालले अतिथि तथा अधिकारीको रूपमा उपस्थित नयाँ टीमलाई शपथग्रहण गराए। स्वागत सम्बोधनको साथ सुरू भएको कार्यक्रममा दुईवटा क्लबका सचिवहरुले वर्ष २०२२-२३ मा क्लब ले गरेको कार्यहरुबारे सविस्तार जानकारी गराए। गान्तोक हिल्सका वर्ष २०२३-२४ को निम्ति गठित लायन साजन अग्रवाल को नेतृत्वमा रहेको टीमलाई विधिवत शपथ पाठ गरायो। गान्तोक ग्रीनका नयाँ टीम सभापति अनिमा सारदा र सचिव पवित्र भट्टराईलाई शपथ गराएको थियो। आउने दिनहरुमा अझ तीव्र गतिमा कार्यहरु गाउँ गाउँसम्म पुऱ्याउने सुझाव दिएको थियो। यस अवसरमा लायन्स क्लब अफ गान्तोक हिल्सका पाँच नयाँ सदस्यहरुलाई पनि सपथ गराई परिवारमा स्वागत गराइयो। जोन चेयरमेन पुरुसोतम अग्रवालले आफ्नो सम्बोधनमा सबै क्लबहरुलाई एक मञ्चमा आएर सामुहिक रूपमा सेवा प्रकल्पहरु अघि बढाउने आह्वान गरे। हालसम्म सिक्किममा लायन्स क्लबका पाँचवटा शाखाहरु रम्फू, सिङताम, रानीपुल, गान्तोक हिल्स र गान्तोक ग्रीनले राज्यमा विभिन्न क्षेत्रहरुमा सेवा पुऱ्यायाई रहेको बताउँदै अब सेवाको हातहरु अझ अघि बढाउने वचन दोहोऱ्याए। यस अवसरमा लायन्स क्लब अफ रानिपल र सिङतांमका सहयोगीसहित सदस्यहरुको पनि विशेष उपस्थिति रहेको थियो। समारोहलाई सोनिया अग्रवाल, एचपी खरेल, सिक्किम स्टेर कोर्डिनेटर अनाज अग्रवाल र सत्यनारायण बन्सलले पनि सम्बोधन गरेका थिए।