गान्तोक: सिक्किम सरकारका कृषि एवम बागवानी विभाग मन्त्री लोकनाथ शर्मा आफ्नो आधिकारिक भ्रमणको निम्ति आज दक्षिण भारतको तामिलनाडु प्रस्थान गरे। चेन्नई स्थित विमानस्थल पुग्दा उनलाई त्यहाँका अधिकारीहरूद्वारा स्वागत जनाइयो। स्मरण रहोस् मन्त्री लोकनाथ शर्मा तमिलनाडुको महाबलिपूरममा आयोजित राष्ट्रीय मत्स्यपालन सभामा उपस्थित जनाउने छन्, जहाँ मन्त्री शर्मा लगायत साथै देशभरिका १५ भन्दा अधिक सम्बन्धित विभागका मन्त्रीगण तथा मत्स्यपालन विभागका अधिकारीगणको सहभागिता रहनेछन्।