गेजिङ: क्योङसा खेल मैदान परिसरमा निर्माण भएको प्यारामेडिकल तालिम केन्द्रको उद्घाटन आज जन स्वास्थ्य एंव अभियान्त्रीकी विभागका मन्त्री भिमहाङ सुब्बाको वाहुलीबाट गरियो। स्वास्थ्य एंव परिवार कल्याण विभाग अन्तर्गत कूल रकम २ करोड़ ९२ लाखमा यो केन्द्रको निर्माम गरिएको हो। उद्घाटन कार्यक्रममा पीएचई विभागका अध्यक्ष हरिनारायण सुवेदी, गेजीङ जिल्लाका जिल्लापाल हिस्से डी. योङदा गेजिङका महकुमा अधिकारी सन्तोष आले, परियोजना अधिकारी एवं स्वास्थ्य विभाग डाक्टर टेकेन्द्र राई, विभागका मुख्य अभियान्ता दिलिप शर्मा, अतिरिक्त मुख्य अभियान्ता कमल गुरूङ सहित नगर पन्चायतका अध्यक्ष, स्वास्थ्य विभागका मुख्य चिकित्सक डाक्टर बिकास प्रधान लगायत अन्यको उपस्तिति रहेको थियो। मुख्य अतिथि मन्त्री भिमहाङ सुब्बाले यो तालिम केन्द्रकको उद्घाटनपछि भवनको नीरिक्षण पनि गरे। कार्यक्मलाई सम्पोध गर्दै मन्त्री सुब्बाले वर्तमान सरकारले स्वास्थ्यको क्षेत्रमा देरै काम गरिरहेको बताए। राज्यको दुर्गम क्षेत्रहरूमा पनि स्वास्थ्य सेवा पुऱ्याउने कार्य वर्तमान सरकारले गरिरहेको उनले थप बताए। यसको साथै याङथाङको निम्ति यो पूर्वाधारको निर्माण अतिनै महत्वपूर्ण रहेको बताउँदै पहिलो चरणमा यहाँ २० जना पुरुषहरूलाई पारामेडीकल तालिम दिइने पनि उनले जानकारी गराए। यो कार्यक्रमलाई जिल्लापाल योङदाले पनि सम्बोधन गरेकी थिइन्।