- कविता: भीम ठटाल
- कथा: शिबु छेत्री
- निबन्ध: सीता तमुस्यो
गेजिङ: वर्ष २०२३को मुख्य तीन विधामा प्रदान गरिने अन्तर्राष्ट्रिय स्रष्टा पुरस्कार घोषणा भएको छ। वरिष्ठ साहित्यकार एवं सम्पादक साथै स्रष्टा पुरस्कार चयन समितिद्वारा साहित्यकार भीम ठटाललाई कविता विधामा छनौट गरिएको छl उनको कविता, लेखेको एउटा स्वतस्वीरलाई चयन गरेको छl यसैगरी दार्जीलिङ सुकुना निवासी शिवु छेत्री लाई कथा विधामा, उनको कथा आमाको कोख प्रलय र निर्माणको हुँदोरहेछ, चयन भएको छ। यसरी नै छिमेकी राष्ट्र नेपाल राम नगर चितवन निवासी सीता तमुस्यो निबन्धमा छनौट भएकी छिन् उनको निबन्ध घाटुको परिचय (गुरुङ जातिको मुख्य नाच)लाई चयन गरेको छ जसमा २०२३ को स्रष्टा अंक ८५ बाट पुरस्कार बिजेताका तीन महारथीहरु बनेका छन् भने यस वर्षसम्म स्रष्टाको ३९ पुरस्कारहरु प्रदान गरिसकेको छ।
पश्चिम साहित्य प्रकाशनको एक साहित्य टोली टोलिले एक सभाको आयोजना गरि यस पुरस्कारको घोषणा गरेको हो।प्रकाशनको सभा कक्षामा प्रकाशनका कार्यकारी समितिको आयोजनामा सम्पन्न सभामा वरिष्ठ साहित्यकार पद्मश्री एवं स्रष्टा सम्पादक केदार गुरुङ , साहित्यकार दलमान मुखिया, साहित्यकार गोबरधन बास्तोला अनि साहित्यकार लक्ष्मी प्रशाद गुरुङले निर्णयक गरेका थिए। सभामा पुरस्कार चयन समितिका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो। प्रतेक वर्ष पश्चिम सिक्किम साहित्य प्रकाशनले प्रदान गर्दै आइरहेको उक्त मुख्य पुरस्कारलाइ आउँदो १३ जुलाई भानु जयन्तीको दिन प्रकाशनले गेजिङ जिल्लाको सामुदायिक भवनमा एक भव्य कार्यक्रम गरि पुरस्कार बितरण गर्नेछ। यस बाहेक प्रकाशनले अर्को एक पुरस्कार लालमान संचरानीलाई यस वर्ष स्थगित गरिएको छ।
स्रस्टा पुरस्कार वर्ष २०२३ अंक ८५ बाट गरिएको छ जुन पुरस्कार गेजिङ अम्चुङ निवासी भवानी शंकर गौतमद्वारा प्रायोजक गरिएको हो, उनले आफ्ना दुई स्वर्गीय आमा-बाबुको नाममा प्रायोजक गरेर नेपाली साहित्यलाई अघि बढाउने साहित्य जगतमा ठुलो टेवा पुर्याउदै आएका छन्।