सभासद विनय तामाङको सबै जनतासित अनुनय

bin.jpg

दार्जिलिङ: चुनाउ आउँछ जान्छ, यो त लोकतन्त्रको रीत नै हो, जबसम्म लोकतन्त्र प्रजातन्त्र प्रणाली रहन्छ। तबसम्म हामी सबै यस प्रणाली अछुन्न हिस्सा भइ नै रहनेछौ। यसै लोकतन्त्र प्रजातन्त्रको हिस्सामा हामी सबैले भाग लियौ- आ-आफनो तरिकाले अनि आ-आफनो भुमिका निर्वाह पनि गर्यो। अब पुनः हामी गाउँ समाज, ईष्टमित्र, बन्धु बान्धवको सम्बन्ध र साइनोमा फर्केर आउनुपर्छ एकाअर्काको – सम्बन्धभन्दा अरू कुनै सम्बन्ध विशेष हुँदैन यसोसले सबै- सबैले आपसी मतभेद भुलेर गाउँ समाज अनि आफ्नो क्षेत्रलाई शान्ति राख्दै विकासको पथ अग्रसर गर्ने हामी सबैले प्रण गरौं ।हालैको पञ्चायत चुनाउको परिणाम भोलि तपाई हामी सबैको अघि आउने नै छ। जीत अनि हार, सफलता अनि असफलता, सुख अनि दुःख- हामी प्रत्येकको जीवनको अभिन्न हिस्साहरू हुन्। जसले पनि भोली जीत हासिल गर्नेछन् उनीहरूले सो जीत उनीहरूको आफ्नो जीत नभएर गाउँ समाज र आफ्नो क्षेत्रहरूको जीत सम्झनु पर्नेछ। जो पनि पराजय हुनेछन् उनीहरूले पनि सो पराजयलाई खुशीसित स्वीकार गर्दै आफ्नो गाउँ समाजलाई धन्य ठान्दै गाउँ समाजको उत्थानको निम्ति आफुलाई अझ समर्पित गरौं अभिप्रायः राखे, यसलाई जित्नेको जीतभन्दा पनि ठुलो जीना हुनेछ। पराजय हुनु भनेको जीवनमा अमुल्य शिक्षा पाउनु हो। जस जसको पनि पराजय हुनेछन् उनीहरूले यही सम्झनुपर्छ यो खेप हारेको तर जीवन हारेको होइन। अङ्ग्रेजीको भनाई – ” Show must go on ” अतार्थ ” शो जारी राख्नुपर्छ। अन्तमा, यो चुनाउमा आ-आफ्नो गाउँ घरको बाटो- घाटोहरूमा अनि देवलहरूमा पोस्टर, फेल्क्स, झण्डा आदि लगाएका छन्, ती सबै उम्मेदवारहरू, समर्थकहरू अनि गाउँ समाजका सचेत नागरिकहरू भएर सर-सफाई गरी स्वच्छ परिवेश र वातावरण सृजना गरौं। भोली चुनाउ परिणामको अवधि अनि त्यसपश्चातको समयमा हामीले हाम्रो गाउँ-घर अनि दार्जिलिङ पहाड लगायत बङ्गालमा शान्ति राखौं भनी जारी विज्ञप्तिमा जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement