उत्तर भारतमा वर्षा र बाढीले जनजीवन अस्तव्यस्त

00-1-HP-1

नयाँ दिल्ली: दिल्ली, पञ्जाब र हिमाचललगायत देशका उत्तरी राज्यहरूमा वर्षाका कारण बाढीको अवस्था सिर्जना भएको छ। पछिल्लो २४ घण्टामा सात राज्यमा पैह्रो र बाढीका छुट्टाछुट्टै घटनामा ३४ जनाको मृत्यु भएको समाचार छ। मनालीमा ५२ वर्षको वर्षाको रेकर्ड तोडिएको छ। हिमाचलका मुख्यमन्त्रीले जनतालाई आउँदो २४ घण्टा घरमै बस्न आग्रह गरेका छन्। राज्यका धेरै नदी र नहर खतराको निशानभन्दा माथि छन्। दिल्लीको यमुना नदीको पानीको सतह खतराको निशान नाघेको छ। दिल्लीका मुख्यमन्त्री केजरीवालले भने, ‘प्रणाली यस्तो वर्षाको लागि बनाइएको होइन। यो बेला सबै राज्य मिलेर काम गर्नुपर्छl’ प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी र वर्षाको अवस्थाका बारेमा मन्त्री र अधिकारीहरूसँग कुराकानी गरेका छन्। पीएमओका अनुसार प्रशासन, एनडीआरएफ र एसडीआरएफका टोली उद्धारमा संलग्न छन्। अहिले देशभर सामान्यभन्दा बढी वर्षा भएको छ। ९ जुलाईसम्मको सामान्य वर्षा २३९ मिलिमिटर थियो।

हिमाचल प्रदेशमा अविरल वर्षाले जनतालाई त्रसित बनाएको छ। जताततै पानी देखिन्छ। भारी वर्षापछि आएको पहिरो, बाढीका कारण कयौं सडक अवरुद्ध भएका छन्। सडक भत्किएका कारण मानिसहरु विभिन्न ठाउँमा अलपत्र परेका छन्। व्यास नदीको बढ्दो जलस्तर चिन्ताको विषय बनेको छ। वर्षाको विनाशकारी रूप देखेर सरकारले राज्यभर सतर्कता जारी गरेको छ। हिमाचल प्रदेश ट्राफिक, पर्यटक र रेलवे पुलिसले ट्विटरमा राज्यका विभिन्न भागहरूमा रेड अलर्ट जारी गरेको छ। विभागले ट्वीट गर्दै मौसम विभागले राज्यका अधिकांश जिल्लामा रेड अलर्ट जारी गरेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement