मतगणना केन्द्रमा जान नपाईने शर्तमा भाजपा पञ्चायत प्रार्थी भावना सुनावारलाई छोड़ियो

8c8833a3-2d18-4398-9417-213e48cbfd01

कालचिनीः अच्छापाड़ा पार्ट नम्बर ११/१४२ का भाजपा प्रार्थी भावना सुनुवारलाई सोमबार बिहान ७ बजी पुनः मतदान चलिरहेकोबीच मत हाल्न दिएपछि पुलिसले नियन्त्रणमा लिएको थियो भने प्रायः १० घन्टा पश्चात कालचिनी थानाबाट भावना सुनुवारलाई भोलि सम्पन्न हुने मतगणना केन्द्रमा जान नपाईने शर्तमा पुलिसले रिहाई दिएको छ। यद्यपि तिनको काउन्टिङ एजेन्टहरूलाई भने कुनै छेकथुन नगरिएको बताईएको छ।


उल्लेखनीय छ, शनिबार सम्पन्न मतदानको दिन भाजपा प्रार्थी भावना सुनुवारले तृणमूलले प्रिसाइडिङ अफिसरसित मिलेर छप्पा भोट गरेको आरोप उठाएपछि परिस्थिति तनावपूर्ण बनेको थियो भने उत्तेजनामा ब्यालेट बक्स जलाईएको थियो। फलस्वरूप पुनः मतदानको दाबी उठे अनुसार आज री-पोल केन्दिय बल र विशाल पुलिस वाहिनीको तैनातीमा शान्तिपूर्वक सम्पन्न भएको थियो। तर मतदानमा कुनै प्रकारको फेरि कचेड़ा नहोस् भनि भाजपा प्रार्थी भावना सुनुवारलाई पुलिसले बिहान नियन्त्रणमा राखेको थियो। प्रायः १० घन्टाको नजरबन्दी पश्चात भावना सुनुवारलाई पुलिसले भोलि मतगणना केन्द्रमा जान नपाईने शर्तमा छाड़ेका छन्। यता मतदान शान्तिपूर्वक सम्पन्न भएको दुवै दलका प्रतिनिधिहरूले जनाएका छन्।

About Author

Advertisement