जलपाइगढी: जलपाइगढी सदर ब्लकको पहारपुरको हाकिमपाडा बुथ नम्बर १८/२२५ मा सोमबार पुनः मतदान भयो। बुथ लुटेराहरूको समूहले शनिबार दिउँसो यस बुथमा आक्रमण गरेको आरोप छ। सो क्षेत्रका भाजपा उम्मेदवारका बुवा सेकेन्द्र राईसहित अन्य गम्भीर घाइते भएका छन् । सोमबार पुनः मतदान गरेपछि यी ज्येष्ठ मतदाताले गत शनिबारको घटना मिडिया सामु सुनाए । समग्रमा मतदान शान्तिपूर्ण भएको छ ।