कोविड़ बङ्गाल: कोरोना फेरि भयंकर हुंदै

आज कोरोनाको १,५२४ नयाँ मामिला, ४१४ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १,५२४ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले १ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा ४१४ जना कोरोनामुक्त पनि भएको छन्।

हालसम्म बङ्गालमा २०,२९,४२५ जना कोरोनाले संक्रामित भएको छन् भने २०,०१,२१२ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२१९ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ११,८२७ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,५५७,२२३ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.६१℅ र सकारात्मक दर १२.८९℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६३,४४२,५९३ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement