केन्द्रले केन्द्रीय बल पठाउन ढिलाइ गरेको अधीर रञ्जन चौधरीको आरोप

Adhir-Ranjan-Choudhary

कोलकाता: केन्द्र सरकारले केन्द्रीय बल पठाउन ढिलो गरेको आरोप पश्चिम बंगाल प्रदेश कांग्रेस कमिटीका अध्यक्ष अधीर रञ्जन चौधरीले लगाएका छन्l नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री र भाजपाको निर्देशनमा केन्द्रीय बलहरू बंगाल आउन ढिलाइ भएको आरोप उनले लगाएका छन्। ‘उनीहरूको बंगालमा टीएमसीसँग गठबन्धन छ, र यही कारणले केन्द्रीय सेनाहरू आउन ढिलो भयो’, उनले भने। शनिबार पुरुलिया जिल्लामा भएको बम विष्फोटमा मारिएका पार्टी कार्यकर्ताको घरमा पुगेर चौधरीले पत्रकारहरुसँग कुरा गरेका हुन्। अधीर रञ्जन चौधरीले भने, ‘म एउटा प्रश्न सोध्न चाहन्छु। पश्चिम बंगालमा आफ्ना सहयोगीहरूले भोट लुट्ने आरोप लगाउँदा केन्द्रमा भाजपा किन मौन थियो?’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement