१० जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा सेण्ट जोसेफ्स कलेजले सजिलै जीत हासिल गऱ्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा सोमवार खेलिएको दिनको तेस्रो म्याचमा सेण्ट जोसेफ्स कलेजले भारतीय खेल प्राधिकरण (साइ)-लाई ६-०-ले पिट्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट राज थापा, आर्यन तामाङ, ब्लेसन राई, समृद्ध बोम्जन, जीवन छेत्री र ज्योति छेत्रीले १-१ गोल गरे। यस म्याचमा रेफरीको भूमिका छेडुप यल्मोले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा रेमण्ड तामाङ र उज्जवल राई रहेका थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।