राजगञ्ज: राजगञ्जको सन्न्यासीकाटाको जुम्मागछ १८/१२१ नम्बर बुथमा लगभग ९ बजीदेखि मतदान शुरू भयो ।यस बुथमा सासुको नामको मतदान तिनको बुहारीले गरिरहेको देखियो सो महिलाले बताएअनुसार सासु बिरामी भएकोले गर्दा तिनको नामको मतदान आफूले खसालेको हो। यस सम्बन्धमा बुथका प्रिसाइडिङ अफिसरले भने, मतदान शान्तिपूर्ण ढङ्गमा सम्पन्न भइरहेको छ। विकलाङ्गहरूको परिवारका सदस्यहरूलाई चुनाउ बुथभित्र प्रवेश गर्ने अनुमति दिइरहेको छ। यदि कुनै प्रकारको अनियमितता भए त्यसबारे ध्यान दिइनेछ।