कुचबिहारको सिताई विधानसभामा बुथ नजिकै बम विस्फोट

IMG-20230710-WA0216.jpg

कुचबिहार: गत ८ जुलाईको दिन सम्पन्न पञ्चायत चुनाउ अवधि भएको हिंसापछि राज्य चुनाउ आयोगले पुनः मतदान गराउने निर्णय लिएको निर्णयअनुसार आज बिहानैदेखि पुनः मतदान शुरू भएको छ। कुचबिहारको सीताई विधानसभाको शिवेश्वर ६/१७२ बुथमा केन्द्रीय वाहिनीका जवानहरूको उपस्थितिमा आज बिहान ७ बजदेखि पुनः मतदान प्रक्रिया शुरू भएको छ। उक्त बुथको छेवैमा बम पड्केको आवाज सुनेपछि मतदान गर्न आएका मतदाताहरूबीच आतङ्कको माहौल देखापर्यो।

तथापि, केन्द्रीय सेनाका जवानहरूले मतदाताहरूलाई आश्वासन दिए। अर्कोतिर, उम्मेद्वारहरूले बम विस्फोट भएको कुरा स्वीकारे तापनि कसले यस प्रकारको कार्य गरेको हो भन्ने विषयमा केही भन्न चाहेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement