नगरकट्टा: नगरकट्टा ब्लकको बुथ नम्बर १८० – मा पनि आज व्यापक सुरक्षा व्यवस्थाबीच त्रिस्तरीय पञ्चायत चुनाउको लागि पुनः मतदान शान्तिपूर्वक सम्पन्न भइरहेको छ। गत ८ जुलाईको दिन सम्पन्न भएको पञ्चायत चुनाउ अवधि यस जलपाईगढी जिल्लाको नगरकट्टा ब्लक अन्तर्गत बुथ सुक्लापारा ग्राम पञ्चायकको खेयरबाडी प्राइमेरी स्कुलको १८० नम्बर बुथमा केही हिंसात्मक घटना भएकोले गर्दा आज केन्द्रीय बलको सुरक्षा व्यवस्थाबीच पुनः मतदान सम्पन्न भइरहेको छ। मानिसहरूले आज चुनाउ बुथमा गएर उत्साहको साथमा मतदान गरिरहेका छन्। स्मरण रहोस, आज सम्पन्न भएको चुनाउ मतदानको परिणाम पनि भोली ११ जुलाईको दिनमा नै राज्यका अन्य ठाउँहरूमा हुनेछ।