गेजिङ: सिक्किमको गेजिङबाट निखोज भएका आईआरबी जवानको मृतदेह उद्धार भएको छ ।गत ८ जुलाई साँझदेखि निखोज भएका २९ वर्षीय छिरिङ भुटिया आज बिहान सेन्टमेरी स्कुल नजिकको खोल्सामा मृतक अवस्थामा फेला परेका छन्। तिनी गेजिङबाट गत ८ जुलाई साँझदेखि बेपत्ता भएका थिए भने स्कुटीसँगै खोल्सामा मृत अवस्थामा आज बिहान फेला परेका छन।

मृतक भोटिया मूल रूपमा अप्पर क्याङ्सा निवासी हुन् भने तिनी हाल पिपलेमा आइआरबी-मा कार्यरत रहेका थिए भन्ने जानकारी प्राप्त भएको छ।