बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीगः युनाइटेड फूटबल क्लब दार्जीलिङको एकतर्फी जीत

IMG-20230710-WA0212.jpg

१० जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा युनाइटेड फूटबल क्लब दार्जीलिङले एकतर्फी जीत हासिल गऱ्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा सोमवार खेलिएको दिनको पहिलो म्याचमा युनाइटेड फूटबल क्लब दार्जीलिङले युनाइटेड रंगबूल फूटबल क्लबलाई ६-०-ले पिट्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट पेमा तामाङले ह्याट्रिक गरे। यसको साथमा नयन प्रधानले २ र बिरेन प्रधानले १ गोल गरे। यस म्याचमा रेफरीको भूमिका रमेश राईले निर्वाह गरेका थिए।

यसरी सहायक रेफरीको भूमिकामा रेमण्ड तामाङ र उज्जवल राई रहेका थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement