पैसाको लेनदेनलाई लिएर दुई समूहबीच झगडा

63d3cdcb-2268-4497-84be-0a4d999898c8

सिलगढीः सिलगढीको नियन्त्रित बजार फेरि एकपटक चर्चाको केन्द्र बनेको छ। शनिबार जहाँ पञ्चायत चुनावलाई लिएर पूरै राज्यमा हंगामा मच्चिएको थियो। त्यहाँ सिलगढीको नियन्त्रित बजारमा पैसाको लेनदेनलाई लिएर दुई समूहबीच भीषण झगडा भएको थियो। प्राप्त जानकारी अनुसार वडा पार्षद उमाशंकर यादवको समूहले निर्जल देको समर्थनमा श्याम यादव समूहलाई लाठी डण्डा गरी समर्थन गरेको थियो । शनिबारको आक्रमणमा परी श्याम यादवको परिवारका कैयौं सदस्य गम्भीर घाइते भएका उनीहरूको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ।
सोही झडपमा उमाशंकर यादव समूहका कैयौँ व्यक्ति घाइते भएका छन् । श्याम यादवकी आमाले यस सम्पूर्ण मामिलामा प्रधाननगर पुलिस थानामा जम्मा १५ जना विरुद्ध उजुरी दिएकी छिन्, जसमा स्थानीय वडा पार्षद दिलीप बर्मनको नाम पनि सामेल छ। पूरै मामिलाको गम्भीरता देखेर प्रधाननगर पुलिस चौकीले तयारी देखाउँदै यो झगडामा जम्मा ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूको नाम रामपुकार यादव, अजय यादव र प्रिन्सकुमार सिंह रहेको बताइएको छ। आज प्रधाननगर थानाको पुलिसले तीनै अभियुक्तलाई विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरी थप कारबाहीका लागि सिलगढी अदालतमा पेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement