पेरिस: कर्नाटककी दृष्टिविहीन स्प्रिन्टर रक्षिता राजु आइतबार यहाँ पारा-एथलेटिक्स विश्व च्याम्पियनसिपमा महिला १५०० मिटर दौडको फाइनलमा प्रवेश गरेकी छन्। प्रशिक्षक राहुल बालकृष्णको निर्देशनमा २०१८ पारा एसियाली खेलकुदको स्वर्ण पदक विजेता रक्षिताले टी–११ विधामा दोस्रो दौड (हिट) मा ५:२६.४७ सेकेन्डमा समय पुरा गर्दै फाइनलमा प्रवेश गरिन्। सात खेलाडीको फाइनलमा रक्षिताले पाँचौं स्थानमा शुरु गर्नेछिन्। ग्वान्झाउ एसियाली खेलकुदमा १५०० मिटर दौडमा स्वर्ण पदक जितेकी रक्षिताले आफ्नो विधामा यो उपलब्धि हासिल गर्ने पहिलो महिला खेलाडी बनेकी छन्।