२०९औं भानु जयन्तीको अवसरमा हाम्रो स्वाभिमान ट्रष्टहरूको घोषणा

00-1-Hamro-Swabhimaan

नयाँ दिल्लीः आइतबार हाम्रो स्वाभिमान ट्रष्टले २०९औं भानु जयन्तीको शुभ अवसरमा पूर्व आयोजित साहित्यिक कार्यक्रममा राष्ट्रिय नेपाली साहित्य पुरस्कार-२०२३ का लागि चयनित स्रष्टाको नाम घोषणा गर्नुका साथ-साथै सो अवसरमा आयोजित कविता वाचन प्रतियोगिता विजेता हरूलाई पुरस्कृत गर्यो।

उत्तम छेत्रीले राष्ट्रिय पुरस्कार-२०२३ का चयनित स्रष्टाहरूको नाम सार्वजनिक गर्नु भयो। राष्ट्रिय पुरस्कारमा सर्वोच्च राष्ट्रिय पुरस्कार नेपाली साहित्य सम्मानमा दिल्लीका धर्मराज थापा भए भने नेपाली साहित्य पुरस्कार-पद्यका लागि देहरादूनका उदय ठाकुर, नेपाली साहित्य पुरस्कार-गद्यका लागि दार्जीलिङका राजु प्रधान ‘हिमांशु’ र नेपाली साहित्य पुरस्कार-पत्रकारिताका लागि चार दशक भन्दा धेरै नेपाली रेडियो पत्रकारिता र‌ अनुवादप्रति सेवा पुर्याएबापत दिल्लीका विष्णु बहादुर गुरुङ चयनित भएको घोषणा गरिएको छ। चयनित स्रष्टाहरूलाई १८ सेप्टेम्बरमा नयाँ दिल्लीको तालकटोरा स्टेडियमा हुने हरितालिका तीज महोत्सव २०२३ को भव्य कार्यक्रममा सम्मानित गर्ने जानकारी ट्रस्टकी महासचिव श्रीमती अनिता छेत्रीले दिएकी छिन्। श्रीमती छेत्रीले भने, ‘पुरस्कार विजेताहरुको चयन पाँच सदस्यीय निर्णायक मण्डलीको अथक प्रयासले सम्पन्न भयोl’

कविता प्रतियोगिता दुई चरणमा भएको थियो। प्रथम चरणमा १५ सालसम्मका प्रतिभागी थिए जस्मा प्रथम पुरस्कार विजेता अनवी सिंह भइन् एवं १५-२५ वर्षका प्रतिभागीमा प्रथम पुरस्कार विजेता सृष्टि शर्मा भएकी थिइन्।  कार्यक्रम का प्रमुख अतिथि श्रीमती नीता अर्याल पोखरेल एकनामिक मिनिस्टर, नेपाल एम्बेसी, कार्यक्रममा भाषा संग्रामी कवि उत्तम छेत्री, भाषाविद् विष्णु गुरूङ, साहित्यकार धर्मराज थापा, कवि जे.के. बरैली, कवि किरण रसैली, कवि नैना सुब्बा बरैली, कवि टाशी शेर्पा, कवि डा. युवराज भट्टराई, कवि किरण रसैली, गीतकार र नाटककार टीका भट्टराई, महिला अध्यक्ष अनीता ज्ञवाली, सुषमा तामाङ अध्यक्ष गोर्खे चेली, केबी गुरुङ एवं अतिथिको रूपमा उपस्थित रहे। ट्रस्टका कार्यकारी अध्यक्ष शिवलाल ज्ञवालीको संयोजनमा र प्रेम छेत्रीको अगुवाईमा कविता वाचन प्रतियोगितामा २८ विद्यार्थीले भाग लिएका थिए भने विजेतालाई प्रशस्ति-पत्र, स्मृति चिन्ह एवं  सम्मान राशि दिएर सम्मान गरिएको थियो। ट्रस्टका अध्यक्ष नारायण श्रेष्ठको स्वागत भाषण उपरान्त कार्यक्रमको थालनी नेपाली रामायण पाठका साथ भएको थियो भने लोक नृत्य र एकल गीतहरूको प्रस्तुतिले नेपाली संस्कृतिको झलक प्रस्तुत गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *