३० जूनः यूरोपेली फूटबलको सीजन हालै समाप्त भए पनि आउँदो सीजनको निम्ति दलबदलको विण्डो खोलिसकेको छ। यसबीच अहिलेसम्म व्यापक स्तरमा फूटबल खेलाड़ीहरूका किनबेच पनि भइसकेको छ। यस विण्डोमा फेरि एकपल्ट स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोलाई लिएर चर्चा शुरु भएको छ। यूरोपेली मीडियामा रोनाल्डो आफ्नो वर्तमान क्लब म्यानचेष्टर युनाइटेड छोड़्न चाहेको खबर रहेको छ। गत सीजनमा नाटकीय तरिकाले युभेण्टस छोड़ेर म्यान युनाइटेडमा सामेल भएका थिए रोनाल्डो। उनले गत सीजनमा व्यक्तिगत रूपले असल प्रदर्शन गरे पनि टीमको रूपमा युनाइटेडको प्रदर्शन निराशाजनक रहेको थियो। यसैकारण एकातिर च्याम्पियन्स लीगमा क्वालीफाई गर्न नसकेको समय टीमले कुनै स्टार फूटबलरलाई साईन नगराउँदा रोनाल्डो असन्तुष्ट छन्। यसबीच युनाइटेड चाहिँ रोनाल्डोलाई छोड़्ने मिजासमा छैन तर उनलाई हासिल गर्न शीर्ष क्लबहरू अगावै लाइनमा लागिसकेको छ।
रोनाल्डोको अघिल्लो क्लबबारे चेल्सीको नाम सबैभन्दा अघि रहेको छ। रोमेलु लुकाकुलाई लोनमा पठाएपछि प्रीमियर लीग क्लबलाई एकजना दक्ष स्ट्राईकरको आवश्यकता छ। यसैकारण टीमले रोनाल्डोलाई हासिल गर्ने प्रयास गरिरहेको छ। यसबीच रोनाल्डोले जिद्दी गरेर क्लब छोड़े म्यानचेष्टर युनाइटेडले पनि नेमारलाई हासिल गर्ने योजना बनाएको छ। विशाल परिमाणमा अर्थ खर्च गरी कीलियन एम्बाप्पेसँग अनुबन्ध नवीनीकरण गरिएपछि नेमारले पेरिस सेण्ट जर्मेन (पीएसजी) छोड़्ने सम्भावना सृष्टि भएको छ। नेमार स्वयं चाहिँ पीएसजीमा बस्न चाहन्छन् तर उनले पाँच सालमा पनि टीमलाई च्याम्पियन्स लीगको खिताब दिलाउन सकेका छैनन्। यसैकारण सटीक दाम पाए पीएसजी नेमारले बिक्री गर्न हिच्किचाउने छैन। यसबीच रोनाल्डोले टीम छोड़े नेमारलाई विशाल वेतन दिन पनि म्यानचेष्टर युनाइटेडलाई कुनै समस्या हुनेछैन। दलबदलको बजार खोलिसकेको छ। यसैकारण आउँदो दिनहरूमा अझ केही नाटकीय घटनाक्रमको सम्भावना रहेको छ।