जलपाइगढी जिल्लाका १४ वटा बुथमा पुनः मतदान सुरु

0092d347-4e51-411c-8786-ad171c9be55e

जलपाइगढी: बिहानैदेखि परेको मुसलधारे वर्षाको बाबजुद पनि जलपाइगढीका विभिन्न बुथहरूमा पुनः मतदानका लागि मानिसहरूको भीड लागेको छ। सोमबार जलपाइगढीका १४ वटा बुथमा पुनः मतदान सुरु भएको छ। अराजकता, मतपत्र लुटपाट, तोडफोडलगायतका विभिन्न कारणले यी १४ बुथमा मतदान प्रक्रिया बीचमै रोकिएको थियो। आयोगको निर्देशनअनुसार सोमबार बिहानदेखि मतदान सुरु भएको हो। जलपाइगढी जिल्लाका १४ बुथमध्ये जलपाइगढी सदर ब्लकमा २ बुथ, राजगञ्जमा ९ बुथ, मालबजार १ बुथ, मटेली १ र नगरकट्टा ब्लकमा १ बुथमा पुनः निर्वाचन हुँदैछ। सबै बुथहरूमा प्रदेश पुलिससँगै केन्द्रीय बलका कर्मचारी पनि तैनाथ छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement