सिलगढीमा एक घरको शौचालयबाट एक पुरुषको कुहिएको शव उद्धार

a5b2057f-c3ec-4811-93fa-831991b1775b

सिलगढी: फकदाईबारी इलाकामा एक घरको शौचालयबाट एक व्यक्तिको शव फेला परेको छ। घटनाले क्षेत्रमा सनसनी फैलाएको छ। मृतकको नाम रतन पाल हो, उमेर करिब ५५ वर्ष रहेको छ। सोमबार सो शौचालयबाट स्थानीयवासीले दुर्गन्ध पाएका थिए। उनीहरूले शौचालयको ढोका तोडेर उनलाई मृत अवस्थामा फेला पारेका थिए। पुलिसलाई खबर गरिएको थियो। आशिघर चौकीका पुलिसले घटनास्थलमा पुगेर शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको छ। स्थानीयवासी चुम्की मण्डल शीलले पञ्चायतको निर्वाचनको दिन साँझसम्म देखेको बताए। उनको शव आज फेला परेको हो। पुलिसले शनिबार घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement